त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ २४सै घन्टा सञ्चालन गर्ने पर्यटनमन्त्री अधिकारीको घोषणा



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले देशको एकमात्रै अन्तर्राष्ट्रिय बिमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घन्टा सञ्चालन गरिने घोषणा गरेका छन् ।

विमानस्थलको बढ्दो एयर ट्राफिक जाम कम गर्दै बढी भन्दा बढी जहाज उड्न उडाउने मन्त्री हधिकारीले बताए । त्यसका लागि विमानस्थलको क्षमता वृद्धि गर्न आफू लागि परेको उनले सुनाए ।

विमानस्थ सञ्चालको समय बढेपछि धेरै भन्दा धेरै जहाज उड्ने हुँदा नेपाल आउने पर्यटकको संख्या पनि बढने उनको भनाइ छ ।

तत्कालका लागि भने बिमानस्थल सञ्चालनको समय ३ घन्टा थप्ने मन्त्री अधिकारीले बताए ।

अहिले विमानस्थलमा एयर ट्राफिक जाम र पार्किङ वे अभाव भएका कारण नयाँ एयर लाइन्स कम्पनीलाई उडान अनुमति पाउन सकेका छैनन् ।

बेस बाहिर रहेको विमान तथा विमान कम्पनीले अहिले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बेस बनाएर उडान गर्दा विमानस्थलका अस्तव्यस्त भएको अधिकारीले बताए ।


पुष्प दुलाल