फेसबुकका संस्थापक मार्क जुकरबर्गले ८ वर्ष लगाएर कमाएको ८ अर्ब डलर ५ दिनमा गुमाए



मार्क जुकरबर्गले फेसबुक बनाउने समयमा यो यती शक्तिशाली हुन्छ भन्ने सोचेका थिएनन् ।

सन् २००४ मा सुरु भएको सामाजिक संजाल फेसबुकले धेरैको बानीमा नै परिवर्तन ल्याइदियो । धेरै मानिसको जीवनको एउटा हिस्सा फेसबुक बन्यो ।

स्थापनाको १४ वर्षमा फेसबुक पछिल्लो हप्ताबाट समस्यामा परेको छ । आइटी कम्पनीहरुको लागि सबैभन्दा ठूलो सम्पत्ति भनेको डाटा हो । फेसबुकको ५ करोड व्यक्तिको डाटा चोरी भएको कुरा बाहिर आयो ।

डाटा कम्पनी क्याम्ब्रिज एनालिटकाले ५ करोड फेसबुक प्रयोगकर्ताको डाटा प्रयोग गरेर अमेरिकामा राष्ट्रपतिको निर्वाचन प्रभावित पारेको र बेलायतमा भएको जनमत संग्रहलाई समेत प्रभावित पारेको आरोप छ । यसको बारेमा अमेरिका,बेलायत तथा युरोपमा अनुसन्धान सुरु भएको छ ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले डाटा चोरीको विषयमा माफी मागेका छन् । भविष्यमा यस्ता घटना दोहरिन नदिने प्रतिबद्धता समेत जनाएका छन् । तर,डाटा चोरीको घटनाले सबैभन्दा बढी असर फेसबुकसँगै यसका सेयरधनीलाई समेत परेको छ ।
आइटीसँग सम्बन्धित कम्पनीको सबैभन्दा ठूलो सम्पत्ति भनेको डाटा हो । प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरीको घटनासँगै फेसबुकको सेयर मुल्य घटिरहेको छ । अमेरिकी सेयर बजारमा फेसबुकको सेयर निरन्तर ओरालो लागेको छ ।
डाटा चोरीको घटना बाहिर आउनु अगाडिसम्म मार्क जुकरबर्गको सम्पत्ति ७५.३ अर्ब अमेरिकी डलर थियो । अहिले यो घटेर ६७.३ अर्ब अमेरिकी डलरमा घटेको छ । डाटा चोरीको घटनापछि उनको सम्पत्ति हरेक दिन १.६ अर्ब अमेरिकी डलरले घट्यो ।

सन् २००४ मा फेसबुक सुरु गरेपछि यसको लोकप्रियता सन् २००८ पछि बढ्न थालेको हो । सन् २००४ मा फेसबुक सुरु गरेका मार्कको सम्पत्ति सन् २०१२ मा आइपुग्दा ८ अर्ब अमेरिकी डलर पुगेको थियो । अर्थात उनले ८ वर्षमा ८ अर्ब अमेरिकी डलर सम्पत्ति जोड्न सफल भए । त्यसपछि भने उनको सम्पत्तिको ग्राफ हरेक अत्याधिक रुपमा उकालो लाग्दै गयो ।

तर,डाटा चोरीको विषयले भने मार्कले ८ वर्षमा कमाएको सम्पत्ति ५ दिनमा गुमाएका छन् । यसले आइटी कम्पनीहरुमा डाटाको विषय कति संवेदनशिल हुन्छ भनेर देखाएको छ ।

चोरीको घटना सार्वजनिक फेसबुकको सेयर मुल्य १८५ अमेरिकी डलर थियो । जुन अहिले १५९ डलरमा आएको छ । मुल्य निरन्तर ओरालो लागेको छ । फेसबुक आफ्नो बजार पुँजीकरणपनि ७४ अर्ब अमेरिकी डलरले घटेको छ ।

विभिन्न अन्तराष्ट्रिय संचारमाध्यमको सहयोगमा


क्लिकमान्डु