हेलो सरकार ! युवाले देशमै रोजगारी कहिले पाउँछन् ? फागुममै विदेसिए आधा लाख




काठमाडौं । केपी ओली प्रधानमन्त्री भएको पहिलो पहिनामै ५३ हजार भन्दा बढी युवा रोजगारी खोज्दै विदेसिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार गत फागुन महिनामा मात्रै ५३ हजार २ सय १९ युवा वैदेशिक रोजगारीका विश्वका ११० भन्दा बढी मुलुकमा पुगेका हुन् ।

तर, सबैभन्दा बढी युवा खाडीका ६ राष्ट्र र मलेसिया नै गएका छन् । वैदेशिक रोजगारीमा जाने युवा मध्ये ९० प्रतिशत भन्दा बढी खाडी र मलेसिया नै जाने गरेका छन् ।

विभागका अनुसार फागुन महिनामा मात्रै २६ हजार ४ सय १ युवा नयाँ रोजगारीकका लागि २६ देशमा पुगेका छन् । राजगारीका लागि विदेशीएका युवा मध्ये १४ सय ८८ जना महिला कामदार रहेको छन् ।

यसैगरी रोजगारीकै लागि शिक्षित युवाको रोजगारीमा परेको कोरिया जानेको संख्या भने २ सय ६१ मात्रै छ । फागुन महिनमा नयाँ काममा लागि विदेसिएका युवा मध्ये सबै भन्दा धेरै मलेसिया ९ हजार ३ सय दुई जना छ ।

दोस्रो बढी कामदार कतार पुगेका छन् । कतार जानेको संख्या ९ हजार १ सय १५ रहेको छ भने साउदी अरबको रोजगारीमा २६ सय २८, युएईको रोजगारीमा २९ सय २३, कुवेत ११ सय ४२, बराइन ४ सय ४१, ओमन १ सय ७४ र पोल्यान्ड १ सय ८४ जना नयाँ रोजगारीका लागि पुगेका छन् ।

यसैगरी फागुन महिनामै विदामा नेपाल आई पुनः रोजगारीकै लागि विदेस फर्किएका युवाको संख्या २३ हजार ९ सय २० रहेको छ । जसमा ८ सय ९१ जना महिला छन् ।

विदामा आई पुनः रोजगारीै लागि सबैभन्दा बढी ७ हजार ९६ जना कतार फर्किएका छन् । युएई फर्कनेको संख्या भने ४८ सय ९८ रहेको छ ।

चालु आवको फागुन महिनामै व्यक्तिगत भिसामा नयाँ कामको खोजीमा विदेश जाने युवाको संख्या ७ सय ४ र विभिन्न माध्यमबाट रोजगारीका लागि विदेश पुगेर वैधानिकरण गर्ने कामदारको संख्या भने १९ सय ३३ रहेको छ ।


क्लिकमान्डु