किरण सुज मेनुफेक्चरद्धारा नेपाल एम्बुलेन्स सर्भिसलाइ गोल्डस्टार जुत्ता प्रदान




काठमाडौं । नेपाल एम्बुलेन्स सर्भिसमा कार्यरत इमर्जेन्सी मेडिकल टेक्निसियन्स् (इएमटी) र वाहन चालकहरुलाई किरण सुज मेनुफेक्चरले गोल्डस्टार जंगल बुट जुत्ता हस्तान्तरण गरेको छ ।

शुक्रबारका दिन नेपाल एम्बुलेन्स सर्भिसको कार्यालयमा किरण सुज मेनुफेक्चरका मार्के्टिङ एण्ड ब्राण्डिङ, निर्देशक विदुशी राणाले नेपाल एम्बुलेन्स सर्भिसका उपाध्यक्ष रंजित आर्चायलाई जुत्ता हस्तान्त्रण गरेका हुन् ।

सो कार्यक्रममा ४४ जोर जुत्ता हस्तान्तरण गरिएको थियो ।

एम्बुलेन्समा सेवा दिने क्रममा निकै कठिन ठाउँमा समेत पुगेर सेवा दिनु पर्ने कारणले उक्त जुत्ता उपयोगी हुने कम्पनीले विस्वास लिईएको छ ।

निर्देशक राणाले नेपाल एम्बुलेन्स सर्भिससँग जोडिन पाएकोमा खुसी व्यक्त गरिन्  ।

‘यो एउटा सानो प्रयास हो, भोलिका दिनमा हामी अझै राम्रोसँग सहकार्य गर्दै अगाडी बढ्ने छौं,’ राणाले भनिन् ।

अपाध्यक्ष आर्चायले गोल्डस्टारसँगको सहकार्यले हाम्रा इमर्जेन्सी मेडिकल टेक्निसियन्स् र चालकहरुलाई निकै नै सहयोग पुग्ने बताए ।


क्लिकमान्डु