चैत २१ गते दोस्रो सहकारी महासम्मेलन हुने



काठमाडौं । चैत २१ गते दोस्रो सहकारी महासम्मेलन आयोजना हुने भएको छ ।

‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नाराका साथ दोस्रो सहकारी महासम्मेलन काठमाडौंको सोल्टी होटलमा चैत २१ र २२ गते आयोजना हुनेछ ।

राष्ट्रिय सहकारी महासंघ नेपाल र नेपाल सरकार कृषि, भुमी व्यवस्था तथा सहकारी मन्त्रालयको संयुक्त आयोजनामा ६१औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर महासम्मेलन आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएका छन् ।

प्रथम सहकारी महासम्मेलन २०७० चैत ११ देखि १३ गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा उद्घाटन र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालबाट सम्मेलन समापन हुनेछ । अर्थमन्त्री डा युवराज खतिवडाले सम्मेलनमा सम्बोधन गर्ने आयोजकले बताएका छन् ।

त्यसैगरी विश्व सहकारी अभियानको सर्वाेच्च निकाय अन्तर्राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एरियल ग्वार्काेले समेत विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा नेपाल, भारत, चीन, जापान, कोरिया, मलेसिया, सिंगापुर, श्रीलंका, पाकिस्तानलगायतका सहकारी अभियान्ताहरुसहित मुलुकका करिब १ हजार सहकारी अगुवाहरुको सहभागिता हुनेछ ।


क्लिकमान्डु