ऊर्जामन्त्री पुनले प्राधिकरण प्रमुख कुलमानलाई दिए यस्तो निर्देशन



काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले एसईईको परिक्षा अवधिभर लोडसेडिङ नहुने व्यवस्था मिलाउन् नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई निर्देशन दिएका छन् ।

पुर्वी तराई र पश्चिम नेपालबाट उर्जामन्त्रीको सचिवलायमा राति लोडसेडिङ हुने गरेको गुनासो आएपछि उर्जामन्त्रीले पुनले विहिवार घिसिङलाई टेलिफोन गरेर परिक्षार्थीलाई सहज हुने बातावरण बनाउन निर्देशन दिएका हुन् ।

काठमाडौं लगायतका सहरी क्षेत्रमा लोडसेडिङ घिसिङ प्राधिकरण प्रमुख बनेपछि हटिसकेको छ । केही स्थानमा भने लोडसेडिङ अझै कायम रहेको छ ।


क्लिकमान्डु