डाटा चोरीको घटनामा फेसबुकका संस्थापक जुकरबर्गले मागे माफी



क्याम्ब्रिज एनालिटिका कम्पनीले ५ करोड फेसबुक प्रयोगकर्ताको व्यक्तिगत डाटा गलत तरिकाले प्रयोग गरेको विषयमा फेसबुकका संस्थापक मार्क जुकरबर्गले गल्ती भएको स्विकार गरेका छन् ।

उनले फेसबुकमा आफ्नो पेज मार्फत धारणा सार्वजनिक गर्दै अब तेस्रो पार्टी एप्स मार्फत व्यक्तिको जानकारी लिन नमिल्ने व्यवस्था गरिने बताए ।

जुकरवर्गले एप बनाउने एलेक्जेन्डर कोगन,क्याम्ब्रि एनालिटाले फेसबुकबीच भएको घटना विश्वासघात भएको बताएका छन् ।

‘फेसबुक र सबै व्यक्तिहरुको लागि यो विश्वासघात हो’,जुकरबर्गले आफ्नो पेजमा भनेका छन्,‘ जसले आफ्नो जानकारी फेसबुक मार्फत सेयर गर्छन् यो सबैको लागि विश्वासघात हो।’

उनले फेसबुक आफुले सुरु गरेको र यो मञ्चमा जे हुन्छ त्यो जिम्मेवारी आफुले दिने बताए । अहिले र पहिलेका समस्या समाधानको लागि आवश्यक कदम उठाउने उनले जानकारी दिए । उनले सबै एप्सको अध्ययन गर्ने र जाँचको लागि सहमत नहुँने एप्सलाई प्रतिबन्ध लगाउने जनाए ।

‘निजी जानकारी दुरुपयोग गर्ने एप्स डेभलपरलाई प्रतिबन्ध लगाइने छ’,जुगरबर्गले भने,‘यस्तो घटना पुन हुँन नदिनको लागि विभिन्न व्यवस्था गरिने छ।’

उनले यसको लागि डेभलपरलाई डाटामा सिमित पहुँच दिने तथा प्रयोगकर्ताले ३ महिनासम्म एपको प्रयोग नगरेको भए डाटाको पहुँच फिर्ता लिने जनाएका छन् ।


क्लिकमान्डु