ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा रामेछापको बेतालीमा
काठमाडौं । ग्लोबल आइएमई बैंकले मिति २०७४ चैत्र ६ गते देखि रामेछाप जिल्लाको गोकुलगंगा गाँउपालिका वडा नं. ४, बेतालीमै स्थानिय बुद्घिजीवी, सरकारी कार्यालयका प्रतिनिधि, स्थानिय निकाय र दलका प्रतिनिधिहरुको रोहबरमा आफ्नो ७९ औँ शाखारहित बैकिङ सेवा सुरु गरेको छ ।
उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय पुष्कर कार्कीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।
यसका साथै ग्लोबल आइएमई बैंक लिले मिति २०७४ चैत्र ६ गते नै वित्तीय साक्षरता जगाउने उद्धेश्यले रामेछाप जिल्लाको गोकुलगंगा गाँउपालिका वडा नं. ४, बेतालीमा “वित्तीय साक्षरता कार्यक्रम” संचालन गरेको छ ।
उक्त कार्यक्रममा ग्लोबल आइएमई बैंकका “तालिम तथा बैंकिङ्ग बिज्ञ” पुर्णमान नापितले बेताली क्षेत्रमा बसोबास गर्ने विद्यार्थी, व्यापारी, सरकारी तथा गैह्र सरकारी कर्मचारी, आमा समूह तथा अन्य स्थानीय बासीहरुलाई बैंक तथा वित्तीयको बारेमा जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा १०० जना भन्दा बढीको उपस्थिति थियो । कार्यक्रममा सहभागीहरुले ग्लोबल आइएमई बैंकले आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेर बैंक तथा वित्तीय संस्थाको आवश्यकता र औचित्यको बारेमा जानकारी प्रदान गरेकोमा बैंक प्रति आभार व्यक्त गरेका थिए ।
साथै उनिहरुले ग्लोबल आइएमई बैंकले प्रदान गर्ने विभिन्न सेवाहरुको बारेमा प्रश्न गरेका थिए ।