साढे २४ अंकले घट्यो नेप्से, ३७ करोडको कारोबार




काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक २४.४ अंकले घटेको छ । बुधबार नेप्से १.९४ प्रतिशतले घट्दा १२.३१.०७ विन्दुमा अडेको हो ।

नेप्सेका अनुसार १ सय ५१ कम्पनीका सेयर खरिदबिक्री भएका छन् । ९ लाख ३३ हजार ६ सय कित्ता सेयर खरिदबिक्री हुँदा ३७ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ समूह २२.११, होटल समूह २३.३१, विकास बैंक समूह १३.८६, जलविद्युत समूह २२.७, वित्तीय समूह ६.४, बीमा समूह १८६.६९, अन्य समूह ९.८५ र माइक्रोफाइनान्स समूह ४८.५२ अंकले घटेका छन् ।

उत्पादन मूलक समूह ५८.४८ अंकले बढेको छ ।

युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले ६.११ प्रतिशतले कमाएका छन् ।

प्रोगेसिप फाइनान्स लिमिटेडका लगानीकर्ताले ९ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु