गम्भिर समस्यामा फेसबुक, जुकरबर्ग कहाँ छन् ?



सन् २००४ मा स्थापना भएको फेसबुक संसारकै सबैभन्दा बढी लोकप्रिय सामाजिक संजाल हो ।

स्थापनाको १४ वर्षमा पहिलो पटक फेसबुक गम्भिर समस्यामा फसेको छ ।
५ करोड प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरी भएको आरोपमा अमेरिका संघीय ट्रेड कमिसनले फेसबुकमाथि अनुसन्धान सुरु गरेको छ ।

बेलायती कम्पनी क्याम्ब्रिज एनालिटिकाले फेसबुक प्रयोगकर्ताको गोप्य विवरण लिएर निर्वाचनलाई प्रभावित गरेको आरोप लागेको छ ।

कम्पनीले यसका प्रमुख अलेक्जेण्डर निक्सलाई निलम्बन गरिसकेको छ ।
अमेरिका कानूनको उलंघन गरेको आरोप क्याम्ब्रिज माथि लागेको छ । यद्यपी कम्पनीले भने अहिलेसम्म कानून विपरित कुनैपनि काम नगरेको दाबी गरेको छ ।

फेसबुकले पनि यो आरोप अस्विकार गरेको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले भने अहिलेसम्म केही पनि बताएका छैनन् ।

बेलायत र युरोपियन युनियनका संसद्ले फेसबुक प्रमुखसँग प्रयोगकर्ताको जानकारी सुरक्षित रहेको र कुनै प्रकारले गलत प्रयोग नभएको प्रमाण दिन माग गरेका छन् ।

बिबिसीका अनुसार जुकबर्ग मंगलबार फेसबुको स्टाफलाई पछिल्लो अवस्थाको बारेमा ब्रिफिङ कार्यक्रममा सहभागी भएनन् । फेसबुकले क्याम्ब्रिजले डाटाको गलत प्रयोग गरेको जानकारी आएपछि उसको पेज बन्द गरेको छ ।

गोप्य विवरण बाहिरिएको आरोप लागेपछि फेसबुकको सेयर मुल्य ९ प्रतिशतले घटेको छ । जसको कारण जुकरबर्गको सम्पत्तिपनि ५ अर्ब अमेरिकी डलरले भन्दा बढी रकमले घटिसकेको छ ।


क्लिकमान्डु