जनता बैंकले थप्यो २ शाखा कार्यालय र ५ शाखा रहित बैंकिङ सेवा



काठमाडौं । जनता बैंकले २ शाखा कार्यालय र ५ शाखा रहित बैकिङ सेवा विस्तार गरेको छ । बैंकले कारोबार विस्तारका लागि शाखा कार्यालय र शाखा रहित बैंकिङ सेवा विस्तार गरेको हो ।

बैंकले चैत्र १ गते बारा जिल्लाको सिम्रौनगढ र चैत ५ गते पोखराको बुढीबजार शाखा कार्यालयबाट कारोबार सुरु गरेको हो ।

यस्तै, कैलाली जिल्लाको गौरीगंगा नगरपालिका ६ बनवहडा, जानकी नगरपालिका १ दुर्गौली र गोदावरी नगरपालिका ८ स्याउले बजार तथा दाङ जिल्लाको राप्ती गाउँपालिका ४ मौरीघाट र लमही नगरपालीका ३ फलकापुरमा शाखा रहित बैंकिङ सेवा सुरु गरेको हो ।

बैंकको ९८ शाखा कार्यालय संचालनमा छन् । बैंकले ३१ शाखा रहित बैंकिङ ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटीएमबाट सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु