योजना आयोगमा उपाध्यक्ष बन्न स्नातकोत्तर उतिर्ण र ४० वर्ष पुरा गरेको हुनुपर्ने



काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बन्नको लागि स्नात्तकोत्तर तह उतिर्ण र ४० वर्ष उमेर पुरा भएको हुनुपर्ने व्यवस्था भएको छ ।

मन्त्रीपरिषद्ले योजना आयोग गठन आदेश पारित गर्दै १० वर्ष काम गरेको व्यक्तिलाई उपाध्यक्ष बन्न पाउने बाटो खुल्ला गरेको हो । विगतमा यस्तो व्यवस्था १५ वर्षको थियो ।

आयोगका निवर्तमान उपाध्यक्ष डा स्वर्णिम वाग्लेले पिएचडी गरेको व्यक्तिमात्र उपाध्यक्ष र सदस्य हुन पाउने व्यवस्था प्रस्ताव गरेकोमा मन्त्रीपरिषद्को बैठकले त्यसलाई संसोधन गर्दै स्नात्तकोत्तर तह उतिर्ण र १० वर्ष काम गरेको व्यक्ति उपाध्यक्ष र सदस्य बन्न पाउने व्यवस्था गरेको छ ।

आयोगका उपाध्यक्ष र सदस्य बन्न चाहने आर्थिक,सामाजिक,इन्जिनियरिङ व्यवस्थापन विषयमा स्नात्तकोत्तर तह उतिर्ण गरेको हुनुपर्ने छ ।

आयोगमा ४ सदस्य हुने छन् । भने सरकार परिवर्तनसँगै आयोगका उपाध्यक्ष तथा सदस्यहरुले राजिनामा दिनुपर्ने व्यवस्था गठन आदेशमा उल्लेख छ ।


क्लिकमान्डु