जग्गाको खण्डिकरण र कित्ताकाट रोक्ने कृषिमन्त्री खनालको घोषणा



काठमाडौं । कृषि,भूमी व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले भूभि जमिन खण्डिकरण र कित्ताकाट रोक्ने बताएका छन् ।

कृषि तथा भूमीमन्त्री खनालले रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै  प्रधानमन्त्रीसँग छलफल गरेर जमिन खतिडकरण र कित्ता काट रोक्ने विषयमा निर्णय गर्ने बताए ।

उनले आफुले भूमि व्यवस्थापनको लागि नयाँ काम थाल्ने बताउँदै भूमि व्यवस्थापनको लागि नापी र मालपोत कार्यालयलाई व्यवस्थित बनाउने बताए ।

नयाँ संरचनामा कृषि र भूमिसुधार र सहकारी मन्त्रालयलाई एउटैमा गाभिएको छ ।
सरकारले कित्ताकाट गर्न रोक लगाएपनि अदालतले भने फुकुवा गदिएएको छ ।
उनले नेपाललाई ३ वर्षभित्रमा कृषिमा आत्मनिर्भर बनाउने घोषणा गरेका छन् ।

नेपालमा वार्षिक १ खर्बभन्दा बढी रकमको कृषि उपजको आयात हुँदै आएको छ ।

‘राम्रो योजना ल्याउन सके अझै चाँडै आन्मनिर्भर बन्न सकिन्छ, गहिरो अध्ययन हुँदैछ,’ उनले भने,‘कृषि उत्पादनमा आत्मनिर्भर बनेपछि अर्गानिक उत्पादन निर्याततर्फ लागिने छ ।‘

७ देखि १० वर्षभित्रमा फलफूल उत्पादनमा समेत आत्मनिर्भर हुनेगरी काम सुरु गरिने उनले बताए ।


क्लिकमान्डु