एभरेष्ट बैंकको एक्सटेन्सन काउन्टर बिराटचोकमा



बिराटनगर । एभरेष्ट बैंकले मोरङ्गको बिराटचोकमा आफ्नोे नँया एक्सटेन्सन काउन्टरको खोलेको छ ।

एक कार्यक्रम बिच उक्त काउन्टरको समुद्घाटन सुन्दर हरैचा नगरपालिकाका मेयर शिव प्रसाद ढकाल, एभरेष्ट बैकका प्रमुख कार्यकारी अधिकृत सोमेस्वर सेठले संयुक्त रुपमा गरे ।

एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु