सिटिजन्स बैंकले दियो १ लाख सहयोग



काठमाडौं । सिटिजन्स बैंकले एक ‘साथ’नामक गैर सरकारी संस्थाको हकुना माटाटा परियोजनालाइ आर्थिक सहयोग गरेको छ ।

सहयोग स्वरुप बैंकले १ लाख रुपैंया प्रदान गरेको हो । उक्त संस्थाले भने एच आइभी संक्रमित बालबालिकालाइ लालनपालन ,स्वास्थ्य उपचार ,शिक्षा एवम् मनोरंञ्जन प्रदान गर्दै आएको छ ।

हरेक वर्ष बैंकले आफ्नो वार्षिक उत्सवमा यस्ता सहयोग गर्ने समेत जानकारी दिएको छ ।

रकम चेक मार्फत बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले संस्थाका संञ्चालक क्रितिश्मा कार्कीलाइ प्रदान गरेका थिए ।

कार्कीले संस्थाले काठमाडौंमा ३० र पोखरामा १० गरी जम्मा ४० जनालाइ एचआइभी संक्रमीत बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा रकम खर्च गरिने जानकारी दिइन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले आगामी दिनमा बैंकले संस्थागत सामाजीक कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतीक , शैक्षिक लगाएतका क्षेत्रमा परिर्वतन ल्याउन विभिन्न कार्यक्रमको संचालन गर्ने बताए ।


क्लिकमान्डु