आफ्नै निर्णयमा अडिएनन् ओली, मन्त्रालयको संख्या २१ पुर्याइँदै



काठमाडौ । सुशासन र छरितो मन्त्रिपरिषद् बनाउने निर्णय गरेका केपी शर्मा ओली आफ्नो निर्णयमा अडिन नसक्ने भएका छन् ।

उनले ३१ मन्त्रालय घटाएर १८ कायम गरेका थिए । तर मधेश केन्द्रीत दललाई समेत सरकारमा ल्याउनका लागि उनले मन्त्रायलको संख्या थप्न लागेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकमा सो विषयमा छलफल भएको थियो । मन्त्रिपरिषद्मा सहभागी एक मन्त्रीले मन्त्रालयको संख्या थप गर्ने बारे छलफल भएको जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको बैठकले सो विषयमा प्रारम्भिक छलफल गरेको महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले बिहिबार साँझ सञ्चारकर्मीलाई जानकारी दिएकी थिइन् ।

विगतमा रहेका ३१ मन्त्रालय घटाई वर्तमान सरकारले कार्यसम्पादन नियमावली संशोधन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ मन्त्रालय कायम गरेकामा सरकारमा संघीय समाजवादी फोरम नेपालको सहभागिता हुने भएकाले केही मन्त्रालय थप्ने गृहकार्य भएको हो । संविधानअनुसार संघीय सरकारका २५ सदस्यसम्म मन्त्री रहन सक्नेछन् ।

प्रधानमन्त्रीको तयारीअनुसार अब मन्यालयको संख्या २१ पु¥याउने तयारी गरिएको छ । कुन कुन मन्त्रालय पुनः विभाजन गर्ने भन्ने बारेमा भने आज बस्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गर्नेछ । प्रधानमन्त्री ओलीले सम्भव भएसम्म आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् ।


पुष्प दुलाल