फेसबुकबाटै यसरी सकिन्छ घरजग्गा किन्न र बेच्न



काठमाडौं । तपाईंलाई घरजग्गा चाहियो ? वा तपाईं आफ्नो घरजग्गा बेच्न खोज्दै हुनुहुन्छ ? घरजग्गा किन्न र बेच्नका लागि अब टोलटोलमा दलाल खोज्दै हिँड्नु पर्ने अवस्थाको अन्त्य भएको छ ।

तपाईंहामीले प्रयोग गर्दै आएको लोकप्रिय सामाजिक सञ्जालमार्फत् नै घरजग्गा किनबेच गर्न सकिन्छ । फेसबुकका प्रयोगकर्ताहरु बढेसँगै फेसबुकमार्फत व्यापार व्यवसाय गर्नेहरुको संख्या पनि बढिरहेको छ ।

पछिल्लो समय अनलाइन तथा फेसबुकमै जग्गा किनबेचसम्बन्धी कारोबार गर्नेहरु सक्रिय भएका छन् । जसकारण अब तपाईंले घरजग्गा किन्नु वा बेच्नु परे टोलटोलमा धाइरहनु पर्दैन । घरजग्गाको कारोबारसम्बन्धी काम गर्ने फेसबुक पेजमा जानकारी दिएर पनि घरजग्गा किन्न वा बेच्न सक्नुहुन्छ ।

घरजग्गा सम्बन्धी आधा दर्जनभन्दा बढी फेसबुक पेजहरु सक्रिय छन् । जहाँ तपाईंले किन्न वा बेच्नका लागि सजिलै पोष्ट गर्न सक्नुहुन्छ ।

१. घर जग्गा नेपालः घर जग्गा नेपालले विगत लामो समयदेखि जग्गा धनीहरुसँग सहकार्य गरी जग्गा किन्ने र बेच्नेबीच सिधै सम्पर्क हुने गरी घर जग्गा किनबेचको काम गर्दै आएको छ । आफुलाई नेपालकै पहिलो घरजग्गा बिक्री गर्ने संस्था दाबी गर्दै आएको घरजग्गा नेपालको फेसबुक पेजमा ८ लाख २७ हजार बढी फेसबुक प्रयोगकर्ताहरुले लाइक र हजारले फलो गरेका छन् ।

यस पेजलाई घर जग्गाका विक्री विज्ञापन गराइने छरितो माध्यमको रुपमा पनि लिइएको छ । सो पेजले विज्ञापन सुल्क १ हजार रुपैयाँदेखि १ हजार ५ सय रुपैयाँसम्म लिने गरेको छ ।

यो पेजले विज्ञापन मूल्यमा लिएर फेसबुकमा पोस्ट गरेपछि ५ देखि १० दिनसम्म स्पोन्सर सहित विज्ञापन राख्ने गरेको छ ।

कसैले आफ्नो घर अथवा जग्गा फेसबुक मार्फत बेच्न चाहेमा सो संस्थाले आफै घर तथा जग्गा भएको ठाउँमा पुगी फेटो खिच्ने, भिडियो बनाउने, विवरण लिने र विज्ञापन शुल्क संकलन गरी विज्ञापन गर्ने गरेको छ ।

२. घर जग्गा मार्केटः घर जग्गा मार्केट नामक फेसबुक पेजले अनलाईमा नै फेसबुकमार्फत घर जग्गा किनबेच गर्ने काम गर्दै आएको छ । विगत केही समयदेखि यो पेज घरजग्गा किनबेच कार्यमा सक्रिय हुँदै आएको छ । यसमा २९ हजार बढी मानिसहरुले फलो तथा लाईक गरेका छन् ।

सो पेजका सञ्चालकले आफैं गएर जग्गा तथा घरको फोटो, भिडियो तथा जानकारीहरु ल्याउने र फेसबुक पेजमा पोक्ष्ट गर्ने गरेका छन् । फेसबुकमा पोस्ट गरेको केही सुल्क नलिने गरेको सो पेजले बिक्री पश्चात भने प्रतिशतको आधारमा कमिशन लिने गर्छ ।

घरजग्गा कारोबार नेपालः घर जग्गा कारोबार नेपाल फेसबुकमा रहेको एउटा अनलाईन घर किनबेच गर्ने संस्था हो । यसले अन्य फेसबुक पेज जस्तै गरी अनलाई मार्फत नै विज्ञापन लिने र विक्री गर्ने काम गर्छ ।

यस पेजमा हालसम्म ४ हजार फलोअर्स रहेका छन् भने ३ हजार बढी मानिसहरुले यस पेजमा लाइक गरेका छन् । यस संस्थानले आफै प्रत्यक्ष जग्गा तथा घर भएका ठाउँमा पुगेर त्यहाँको फोटो, भिडियो तथा पूर्ण जानकारी लिई विज्ञापन दिने गरेको छ ।

सो संस्थानले जग्गा तथा घर हेरेर कमिसन बेसमा २ हजारदेखि बढी शुल्क घर जग्गा विक्री भएबापत असुल्ने गरेका छन् ।

रेन्टल नेपालः रेनटल नेपालले घर तथा जग्गा अनलाइनमार्फत् नै बिक्री वितरण गर्ने काम विगत लामो समय देखि गर्दै आएको छ । यसको इ–घर जग्गा नामक फेसबुक पेज पनि रहेको छ । यसले घर जग्गा बिक्री वितरणका साथै कोठा, फ्ल्याट तथा घर भाडामा बिक्री वितरण गर्ने काम पनि गर्दै आएको छ । कम्पनीले आफैं गएर घर, जग्गा, कोठा तथा फल्याटको अवलोकन गर्ने फोटो खिच्ने तथा त्यसको भिडियो लिने र फेसबुक तथा वेभसाइटमा राखेर बेच्ने काम गर्छ ।

यसरी अनलाई विक्रीका लागि राखिएका सुचना आफैले आफ्नो कारोबार कर्ताहरुसाग कुरा गर्ने र बिक्री गरेपछि २ देखि ३ प्रतिशतका रुपमा कमिशन लिने गरेको छ ।

घर जग्गाहरुको फोटो तथा भिडियो लिई त्यसको विज्ञापन फेसबुकमार्फत् गर्ने र बिक्री गर्ने यसको मुल काम हो । विगत केही समयदेखि यो सस्थाले यसै गरी घर जग्गा बिक्री वितरण गर्ने काम गर्दै आएको छ ।

घर जग्गा सँगसँगै यो फेसबुक पेजले खाली कोठा तथा फल्याटहरु बिक्रीको विज्ञापन दिने काम पनि गर्ने गरेको छ । यस पेजमार्फत तपाई सजिलै कोठा, फल्याट, घर तथा जग्गा किन बेच गर्न सक्नुहुने छ । यस पेजलाई ९ हजार बढी मानिसहरुले फलो तथा लाईक गरेका छन् ।


पुष्प दुलाल