अवकास पत्र पाएका प्रधानन्यायधीश पराजुलीबाट विद्यादेवी भण्डारीले लिइन राष्ट्रपति पदको सपथ



काठमाडौं । न्यायपरिषद्ले अवकास दिएको प्रधानन्याधीश गोपाल पराजुलीबाट विद्यादेवी भण्डारीले दोस्रो कार्यकालको लागि राष्ट्रपतिको सपथ लिएकी छन् ।

संविधानमा राष्ट्रपतिको सपथ प्रधानन्यायधीशले गराउने व्यवस्था छ ।
पछिल्लो साता सर्बोच्च अदालतमा प्रधानन्यायधीश पराजुली पक्ष र विपक्ष भएर न्यायधीशबीच विवाद बाहिर आएको छ ।

प्रधानन्यायधीशले तोकेको इजलाश न्यायधीशहरुले बहिस्कार गरेका छन् । यस्तो अवस्थामा न्यायपरिषद्ले प्रधानन्यायधीशलाई ६५ वर्ष उमेर पुगेको भन्दै अवकासको पत्र थमाएको छ ।

पत्र थमाउने दिन नै प्रधानन्यायधीश पराजुलीले विद्यादेवी भण्डारीलाई राष्ट्रपति पदको दोुस्रो कार्यकालको सपथ खुवाएका छन् ।

राष्ट्रपतिले विवादमा परेका प्रधानन्यायधीश पराजुलीसँग सपथ नखाने कुरा आएपनि अन्तिममा पराजुलीले नै सपथ खुवाएका थिए ।

पदमुक्त भएको पत्र प्रधानन्यायधीशलाई दिएपछि राष्ट्रपतिको सपथ पनि विवादमा परेको छ ।


क्लिकमान्डु