नबिल, एभरेष्ट, स्टाण्डर्ट चार्टर्ड र इन्भेष्टमेन्टमा लगानीकर्ताको यस्तो छ चासो



काठमाडौं । सेयर बजार निरन्तर घट्दो क्रममा रहेको छ । घट्दो बजार नयाँ लगानीकर्ता प्रवेश गर्नको लागि अवसरपनि हो ।

यस्तोमा लगानीकर्ताले राम्रा भनिएका कम्पनीमा सेयर खरिद गर्ने इच्छा जनाएको देखिन्छ ।

नेप्सेको मार्केट डेप्थ अनुसार नबिल बैंकको सेयर ३२६० कित्ता सेयर खरिद गर्ने अर्डर दिएका छन् । अहिलेसम्म नबिलको बिक्री अर्डर ३६८४ कित्ता छ ।

लगानीकर्ताले एक हजार २६ रुपैयाँदेखि १ हजार ३१ रुपैयाँ सम्म नबिल बैंकको सेयर खरिद गर्न खोजेका छन् ।

यस्तै एभरेष्ट बैंकमा ४ हजार ७ कित्ता खरिदको अर्डर मार्केट डेप्थमा देखिन्छ । बिक्रीको अर्डर ६१२ कित्ता रहेको छ ।

स्टाण्डर्ट चार्टर्डमा २६३५ कित्ता सेयर बिक्री अर्डर आएको छ । खरिदको अर्डर १४८७ कित्ता रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको ४ हजार ३ सय ३९ कित्ता सेयर खरिद अर्डर छ । बिक्री अर्डर भने ३ हजार ३६२ कित्ता छ ।

नेप्सेमा अहिले नबिलको सेयर कारोबार १०३० मा भएको छ । यस्तै एभरेष्टको ७३५ मा कारोबार भएको छ । स्टाण्र्डर्ट चार्टर्डको ८८५ मा कारोबार भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मुल्य ६५९ रहेको छ ।


क्लिकमान्डु