शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकबाट ३६५ दिन बैंकिङ सेवा पाइने




काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैकले ३६५ दिन बैंकिङ सेवा सुरु गरेको छ ।

ग्राहकलाई सार्वजनिक बिदाको दिनमा समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले ३६५ दिन नै बैंकिङ सेवाको सुरुवात गरेको बैंकले जानकारी दिएको छ ।

यस सेवा अन्र्तगत ग्राहकहरुले बैंकको कुनैपनि शाखामा रहेको खातामा रकम जम्मा गर्न र शाखा कार्यालयको खातावाट रकम झिक्न सक्नेछन ।

बैंकले पहिलो चरणमा रुपन्देही जिल्लाको बुटवल र मणिग्राम, गुल्मी जिल्लाको तमघास र बलेटक्सार, अर्घाखाँची जिल्लाको सन्धिखर्क र प्यूठान जिल्लाकोे विजुवारमा रहेका शाखा कार्यालयहरु मार्फत ३६५ दिन नै बैंकिङ्ग सेवा उपलब्ध गराउने छ ।

आगामी दिनमा अन्य शाखा कार्यालयहरुबाट समेत सो सेवा आवश्यकताका आधारमा उपलब्ध गराउने बैंकले जानकारी दिएको छ ।

बैंकको चुक्ता पूँजी १ अर्ब ३७ करोड रुपैयाँ छ । बैंकको निक्षेप परिचालन १२ अर्व ४१ करोड रुपैयाँ, कर्जा लगानी ११ अर्व ३ करोड रुपैयाँ छ ।

१० जिल्ला कार्यक्षेत्र रहेको बैंकले हाल ३२ वटा शाखा कार्यालय र २ वटा एक्सटेन्सन कार्यालय मार्फत बैंकिङ्ग सेवा प्रदान गरीरहेको छ । कपिलवस्तु जिल्लाको चन्द«ौटामा नयाँ शाखा कार्यालय सञ्चालनको अन्तिम तयारीमा पुगेको बैंकले जानकारी दिएको छ ।


क्लिकमान्डु