नेप्से स्थीर, पाइएनन् सेयर किन्ने मान्छे




काठमाडौं । केही सातादेखि निरन्तर घटिरहेको पुँजी बजारमा मंगलबार नेप्से परिसुचक सामान्य बढेपनि कारोबार रकम भने निकै न्यून देखिएको छ ।

मंगलबार परिसुचक ४.८९ अंकले बढेपनि जम्मा २३ करोड ७० लाख रुपैयाँमा ५ लाख ५५ हजार कित्ता सेयर किनबेच भएका छन् ।

कारोबार बन्द हुदा परिसुचक सो अंकले घटेर १२८१.९० बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जानकारी दिएको छ ।

उपसुचकहरुमा बैंकिङ समुह ५.७१ अंकले, होटल ६१.५४, विकास बैंक १.४५, जलविद्युत ९.३९ , फाइनान्स कम्पनी ३.१९ र अन्य ७.१२ अङ्कले बढेका छन् ।

सो दिन बीमा समूह १०.६८ अंकले, उत्पादन ३२.६५, माइक्रोफाइनान्स ४.२९ अङ्कले घटेका छन् ।

सो दिन श्री इन्भेष्टभेन्ट फाइनान्सका लगानीकर्ताले ७.१४ प्रतिशतले कमाइ गरेका छन् भने अरुण फाइनान्सका लगानीकर्ताले ४.८२७६ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु