नेपाल इन्भेष्टमेण्ट बैंक र दक्षिण कोरियास्थित इनाइनपे कम्पनीबीच रेमिट्यान्स सेवा सम्झौता



काठमाडौं । दक्षिण कोरियामा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उदेश्यले नेपाल इन्भेष्टमेण्ट बैंक लि.(पृथ्वी रेमिट) र दक्षिण कोरियास्थित इनाइनपे कम्पनी लिमिटेडबीच विप्रेषण कारोबार गर्र्ने सम्झौता भएको छ ।

यस सम्झौतापछि दक्षिण कोरियामा रहेका नेपालीहरुले त्यहाँस्थित कुनै पनि बैंकमा रहेको आनो खाता प्रयोग गरी इनाइनपेको मोबाइल एप प्रयोग गरि नेपालमा रकम पठाउन सक्नेछन् । साथै इनाइनपेको दक्षिण कोरियामा रहेको शाखाहरुबाट समेत नेपालमा रकम पठाउन सकिने छ ।

इनाइनपेमार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा तुरुन्तै जम्मा हुनेछ, साथै अन्य वाणिज्य तथा विकास बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने बैंकले जानकारी दिएको छ ।

इनाइनपे मार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्बी रेमिटका देशभर छरिएर रहेका ८ हजारभन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।


क्लिकमान्डु