हनिमुन मनाउन काठमाडौं उडेका जोडी जहाज दुर्घटनामा परेपछि…



काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बंगलादेशबाट आउदै गरेका बङ्ला एयरको जहाज दुर्घटना भयो ।

अहिलेसम्म ४९ जनाको मृत्यु तथा २२ जना घाइते भएका छन् । मुत्यु भएकाहरुको सनाखत हुन सकेको छैन । सो जहाजमा ३३ जना नेपाली थिए भने अन्य यात्रु बंगलादेशका र चालकदलका सदस्य थिए ।

बंगलादेशबाट काठमडौं उड्नु अगाडि केहीले आफ्नो सामाजिक सन्जालमा तस्विर पोस्ट गरेका थिए । एकजना यात्रु सोना मोनीले आफ्नो फेसबुकमा तेस्रो हनिमुन यात्रा सुरु भएको जानकारी दिएकी छन् ।

यस्तै अर्का यात्रु इमराना कबिर हसिनले भ्याकेसनको यात्रा सुरु भएको तस्बिर पोस्ट गरेकी छन् ।

बंगलादेशका नागरिकहरुले सामाजिक संजालमा ति तस्बिर पोस्ट गरेर उनीहरुलाई सकुशलताको कामना गरेका छन् । उनीहरु सकुशल छन् वा छैनन् त्यो भने पुष्टी भएको छैन ।


पुष्प दुलाल