‘पाइलटले बिमानस्थलको नियम नमान्दा एयर बङ्लाको जहाज दुर्घटना’



काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीले चालकले बिमानस्थलको नियम नमान्दा एयर बङ्लाको जहाज दुर्घटना भएको बताएका छन् ।

बिमानस्थलका पत्रकारहरुलाई जानकारी दिँदै महानिर्देशक क्षेत्रीले पाइलटले गतल बाटोबाट जहाज अवतरण गर्न खोजेकाले दुर्घटना भएको बताए ।

‘बिमानस्थलले उक्त जहाजलाई रन वे–२ बाट अवतरण गर्न भनेको थियो । तर, पाइलटले उत्तरतिरबाट जहाज ल्याण्ड गर्न खोजे, जसकारण जहाज दुर्घटना हुन पुग्यो,’ महानिर्देशक क्षेत्रीले भने ‘ल्याण्ड गर्नुअघि पनि जहाज बिमानस्थल वरपर ३-४ फन्का घुमाइयो ।’

यसरी बिमानस्थल वरपर ३/४ फन्का घुमाएपछि उत्तरपट्टिको धानवमार्गमा जहाज अवतरण गर्न खोज्दा धावनमार्गमा नपरी चौरमा पर्न गएको र दुर्घटना भएको उनले जानकारी दिए ।

‘यो जहाज दुर्घटनामा पर्दा छेउछाउमा रहेका अरु जहाजलाई पनि झन्डै दुर्घटनामा पारेन,’ उनले भने ।

जहाजमा खराबी भएका कारण पाइलटले नियन्त्रण गर्न खोज्दा खोज्दै जहाज नियन्त्रण बाहिर गएको हुनसक्ने अनुमान गरिएको छ ।


पुष्प दुलाल