दुर्घटना भएको जहाजमा ३३ नेपाली र ३८ विदेशी सवार थिए, महिलाको संख्या बढी



काठमाडौं । सोमबार दिउसो दुर्घटना भएको एयर बङ्लाको जहाजमा चालक दलका सदस्य र यात्रु गरी जम्मा ७१ जना सवार थिए ।

जसमध्ये ३७ जना महिला र ४ जना बालबालिका भएको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलले जनाएको छ ।

बिमानस्थलका अनुसार सवार यात्रुमध्ये ३३ जना नेपाली र ३८ जना विदेशी सवार थिए ।

बंगलादेशको ढाकाबाट आएको उडान नम्बर युबिजी-२११ अबतरण गर्ने क्रममा रन वे मा चिप्लिएर दिउसो २ः२० बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा परेका करिब एक दर्जनको मृत्यु भइसकेको छ ।


पुष्प दुलाल