७ अंकले घट्यो नेप्से, ३१ करोडको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्प्से) परिसूचकमा गिरावट आएको छ । नेप्से परिसूचक ७.०८ अङ्कले घटेको हो । ०.५५ प्रतिशतले घट्दा नेप्से १२७७.०१ विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार सोमबार १५४ कम्पनीको सेयर खरिद बिक्री भएको छ । ७ लाख ७० हजार ४ सय ९८ कित्ता सेयर खरिद बिक्री हुदाँ ३१ करोड ३१ लाख ६५ हजार ९ सय १६ रुपैंयाको कारोबार भएको छ ।

बैंक ७.२२, होटल ३५.६९, विकास बैंक १.०५ , जलविद्युत १३.१४ , वीत्तीय ३.३७ , बीमा समूह ६.६ , अन्य ४.४५ , माइक्रोफाइनान्स १९.३ अंकले घटेका छन् ।

यसरी नै उत्पादन समूह २०.९४ अंकले बढेको छ ।

साङ्ग्रीला डेभलेपमेण्ट बैंकका लगानीकर्ताले ७.०२ प्रतिशतले कमाइ गरेका छन् ।

कावेलि विकास बैंक लिमीटेडका लगानीकर्ताले ५.३३ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु