अर्थमन्त्री डा. खतिवडाले भनेः म पनि साना किसान हुँ




काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफू पनि साना किसान भएको बताएका छन् । साना किसान विकास बैंकको बार्षिकोत्सब कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘म पनि साना किसान हूँ, गत बर्ष तपाइहरुले मलाई सम्मान गर्नुभएको थियो, यसबर्ष म मन्त्री भए, म पनि साना किसान नै भएकोले तपाइहरुका समस्या मलाई थाहा छ,’ डा. खतिवडाले भने ।

यस्तै उनले सहकारी संस्थाहरुलाई पनि कम्पनी खोल्न दिने कानुनी ब्यवस्था गरिने बताए । अहिले सहकारी संस्थाले कम्पनी खोलेर आफ्ना उत्पादनको विक्री गर्न पाउँदैनन् ।

सहकारी संस्थाहरुले कम्पनी खोलेर आफ्ना उत्पादन विक्री गर्न नपाउँदा समस्या भएको भन्दै उनले कम्पनी खोल्न पाउने कानुनी ब्यवस्था गरिनु पर्ने बताएका हुन् ।


क्लिकमान्डु