एकैदिन नेप्सेमा १ करोड कित्ता बोनस सेयर सूचिकृत



काठमाडौं । सेयर बजारमा आइतबार विभिन्न कम्पनीको गरेर १ करोडभन्दा बढी कित्ता सेयर सूचिकृत भएको छ ।

नेप्सेमा आज चिलिमे हाइड्रोको ५१ लाख ७१ हजार ८८६ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

यस्तै कैलाश विकास बैंकको २२ लाख ९१ हजार ४८८ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

एक्सेल डेभलपमेन्ट बैंकको ११ लाख ५८ हजार ३२२ कित्ता तथा गुहेश्वरी मर्चेन्ट फाइनान्सको १० लाख ९१ हजार २४९ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

ग्लोबल आइएमईको लघुवित्तको १ लाख ३० हजार कित्ता,लक्ष्मी लघुवित्तको २ लाख २० हजार,स्वरोजगारको १ लाख ७४ हजार वरुण हाइड्रो पावरको १ लाख २१ हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ ।


क्लिकमान्डु