मार्केट डेप्थमा एनआईसी एशियाको सेयर बिक्रीभन्दा खरिद गर्न चाहने बढी



काठमाडौं । नेपाल बैकर्स संघ र एनआईसी एशियाको बैंकको विवाद अहिले चर्चामा छ ।

संघको भद्र सहमति तोडेको भन्दै संघमा आबद्ध सबै २७ वटा वाणिज्य बैंकले एनआईसी एशिया बैंकसँग कारोबार नगर्ने निर्णय गरेका छन् ।

सेयर कारोबारमा आजको दिन एनआईसी एशियाको अहिलेसम्म८७ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ ।

मार्केट डेप्थ हेर्दा एनआईसीको सेयर बिक्री गर्नेभन्दा खरिद गर्ने बढी देखिएका छन् ।

नेप्सेको मार्केट डेप्थ अनुसार एनआईसी १८ हजार ४९५ कित्ता सेयर खरिद गर्ने इच्छा खरिदकर्ताले देखाएका छन् । बिक्रीकर्ताले अहिलेसम्म ५ हजार १२२ कित्ता सेयर बिक्री गर्ने खोजेका छन् ।

खरिदकर्ताले प्रतिकित्ता ३२५ रुपैयाँदेखि ३२९ रुपैयाँसम्ममा खरिद गर्न प्रस्ताव गरेका छन् । बिक्रीकर्ताले ३३० रुपैयाँदेखि ३३४ सम्मको बिक्री गर्न सक्ने अडर दिएका छन् ।


क्लिकमान्डु