४८ मेगावाटको खिम्ती हाइड्रोमा चीनले ९ अर्ब लगानी गर्ने



काठमाडौ । उत्तरको छिमेकी चीनले नेपालमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन जलविद्युत आयोजनामा हालसम्मकै सबैभन्दा ठूलो लगानी गर्ने भएको छ ।

चीनको छोङछिङ वाटर एण्ड टर्वाइन वक्र्स कम्पनीले पिपुल्स इनर्जी लिमिटेडद्वारा निर्माणाधीन खिम्ती–२ जलविद्युत आयोजनामा ९ अर्ब लगानी गर्ने भएको हो ।

कूल ४८. ८ मेगावाट क्षमताको खिम्ती–२ निजी क्षेत्रले निर्माण गरिरहेको मध्ये ठूलो आयोजना हो ।

‘चीनसँग पैसा छ, हामीसँग पानी छ’, आचार्यले भने, ‘हामीले सम्झौता गरेपछि नेपालको जलविद्युतमा निजी क्षेत्रका लागि चीनबाट ठूलो लगानी ल्याउने ढोका खुल्ने छ ।’

चीनको सरकारी कम्पनीले नेपालको विद्युत क्षेत्रमा निजी क्षेत्रसँगको साझेदारीमा पहिलोपटक यति ठूलो लगानी गर्न लागेको हो ।

सो सम्बन्धी सम्झौतापत्रमा आगामी १४ मार्चमा छोङछिङमा सम्झौता हुँदैछ । सम्झौताका लागि पिपुल्स इनर्जी लिमिटेडका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्य नेतृत्वमा ८ सदस्यीय टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ ।

आचार्यले सम्झौतापछि निजी क्षेत्रले जलविद्युतमा चिनियाँ लगानी भित्र्याउने ढोका खुल्ने प्रतिक्रिया दिए ।

‘चीनसँग पैसा छ, हामीसँग पानी छ’, आचार्यले भने, ‘हामीले सम्झौता गरेपछि नेपालको जलविद्युतमा निजी क्षेत्रका लागि चीनबाट ठूलो लगानी ल्याउने ढोका खुल्ने छ ।’

आचार्यको टोलीले चीनको थ्री गर्जेज लगायत जलविद्युत कम्पनीको समेत अध्ययन भ्रमण गर्नेछ ।


पुष्प दुलाल