प्रुडेन्सियलको बिक्री नभएको हकप्रद सेयर लिलामीमा



काठमाडौं । प्रुडेन्सियल इन्सोरेन्सले बिक्री नभएको हकप्रद सेयर बोलकबोल प्रक्रियाबाट बेच्ने भएको छ ।

इन्सोरेन्सले गत पुस १६ गते देखि माघ २१ गते सम्म आवेदन खुल्ला गरेको थियो । सोही सेयरबाट बाँकी रहेका सेयरको बोलकबोल प्रक्रियाबाट बेच्न लागिएको हो । बोलकबोल गर्ने समय चैत ५ सम्म रहेको छ ।

आवेदनको लागि फारम पाउँन एनआइसी एशिया क्यापिटल , बबरमहलमा सम्पर्क गर्न सकिनेछ ।

यस्तै उपत्यका बाहिरका लागि वीरगंज,विराटनगर,बुटवल,पोखरा ,सुर्खेत ,नेपालजंग र धनगढीका प्रुडेन्सियल इन्सोरेन्समा सम्पर्क गर्न सकिन्छ ।

बोलपत्र व्दारा १२ हजार ५ सय ३ कित्ता सेयर बिक्री गरिन्छ । शिलबन्दी बोलपत्र फागगुन २८ देखि चैत ५ सम्म पेश गर्न सकिनेछ ।


क्लिकमान्डु