नरेन्द्र मोदीको एक घोषणा जसले विजय शेखर बने अर्बपति



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१५ ८ नोबेम्बरको दिन नोटबन्दीको घोषणा गरे । मोदीको घोषणाले त्यो दिनदेखि ५०० र १००० दरको चलनचल्तीमा रहेको नोट कागज सरह बन्यो ।

कालोधन नियन्त्रणको लागि भनिएको सो घोषणाले भारतमा कालोधनमा नियन्त्रण भने भएन । पछि भारत सरकारले क्यासलेस इकोनोमी बनाउने डिमनीटाइजेशनको एउटा पहल भएको बताउदै आएको छ ।

भारतीय प्रधानमन्त्रीले गरेको नोदबन्दीको घोषणाको असर नेपालमा पनि पर्यो । नेपालले अहिलेसम्म आफुसँग भएको नोट साट्न सकेन ।

मोदीको घोषणाले कालोधन नियन्त्रणमा नआएपनि भारतको पेमेन्ट सिस्टममा भने ठूलो परिवर्तन ल्याइदियो । नोटबन्दी घोषणाको सबैभन्दा ठूलो फाइदा ३९ वर्षे विजयशेखर शर्मालाई भयो ।

नोटबन्दीको अर्कोदिन भारतमा उत्सव मनाएर त्यो दिन प्रकाशित पत्रिकामा पेटिएमले ज्योकट एड दिएको थियो ।
५०० र १००० दरको नोट एकैपटक नचल्ने घोषणा हुनु र बैंकबाट प्रयाप्त नगद नपाएपछि भुक्तानीको माध्यम नै पेटिएम नै बन्यो ।

जसले गर्दा ३९ वर्षे विजयशेखर शर्मालाई आजको दिनमा १ अर्ब ७३ करोड अमेरिकी डलर सम्पत्तिको मालिक बनाइदिएको छ । नोटबन्दी घोषणा हुनासाथ पेटिएमको व्यवसायमा आएको बृद्धिको कारण फोब्र्सको सूचिमा उनी अघिल्लो वर्ष नै अर्बपतिमा दर्ज भइसकेका थिए ।

एकवर्षमा शर्माको सम्पत्ति ४० करोड अमेरिकी डलरले बढेको छ । अघिल्लो वर्ष फोब्र्सको सूचिमा पहिलो पटक अर्बपति बन्दा उनीसँग १ अर्ब ३० करोड अमेरिकी डलर सम्पत्ति थियो ।

फोब्र्सका अनुसार भारतमा सबैभन्दा कम उमेरमा अर्बपतिको सूचिमा पर्नेमा अहिले शर्मा पहिलो नम्बरमा छन् ।
चिनियाँ रिटेल सपिङ साइट अलिबाबाको सहयोगमा शर्माले सन् २०११ मा मोबाइलबाट पेमेन्ट गर्न सकिने पेटिएमको सुरुवात गरेका थिए । त्यो बेला स्मार्ट फोनका प्रयोगकर्ता भारतमा बढ्दै थिए भने मोबाइल सेवा प्रदायकको इन्टरसेवा पनि सर्वसुलभ हुँदै थियो । तर,व्यवसायको गतिले भने ठूलो आकार लिन सकेको थिएन ।

उनले डिजिटल दुनियामा भने सन् २००० प्रवेश गरेका थिए । मोबाइलमा क्रिकेटको स्कोर,समाचार,रिङटोन,जोक र एक्जामको रिजल्ट पठाउने कामको सुरु गरेका शर्माले डिजिटल हुन लागेको दुनियाको आकलन गरेका थिए ।

नगद पैसालाई नै महत्वपूर्ण लिने भारतीय बजारमा पैसाबिना भुक्तानी दिने माध्यम चल्छ भन्ने विश्वास भने कसैलाई थिएन ।

अलिबाबाका संस्थापक ज्याकमालाई आफ्नो आदर्श मान्ने शर्मालाई पेटिएम स्थापना गर्नको लागि ज्याकमाले नै सहयोग गरेका थिए । पेटिएममा शर्माको सेयर स्वामित्व १६ प्रतिशत छ । जसको आजको दिनमा कुल भ्यालु ९ अर्ब ४० करोड अमेरिकी डलर छ ।

पेटिएमको अहिले २३ करोड प्रयोगकर्ता रहेका छन् ।ऐजेन्सी


क्लिकमान्डु