कुलमान घिसिङको उपस्थितीमा कनकाई नगरपालिका विद्युत् चुहावटमुक्त घोषणा
काठमाडौं । झापाको कनकाई नगरपालिका विद्युत् चुहावटमुक्त घोषणा भएको छ ।
५५ हजार जनसंख्या रहेको कनकाई नगरपालिकामा ८० प्रतिशत घरमा विजुली पुगेको छ ।
नगरपालिकाको पूर्ण बैठकले गत माघमा विद्युत् चुहावट मुक्त घोषणा गर्ने निर्णय गरेको थियो ।
नगरपालिकाले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितीमा सो घोषणा गरेको हो ।