रुकुमको दुर्गम बस्तीमा एनएमबि माइक्रोफाइनान्सको वित्तीय साक्षरता तालिम




काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले दुर्गम क्षेत्रका समुदायमा बैंकिङ्ग शिक्षा प्रदान गर्ने उद्धेश्यले वित्तीय साक्षारता सम्बन्धी तालिम सम्पन्न गरेको छ । वित्तीय संस्थाले रुकुमको खोलागाऊँ र झुल्नेटा उपशाखा कार्यालय अन्तरगत वित्तीय पहुँचबाट बञ्चित समुदायका १ सय ४० जना सहभागीहरुलाई समेटेर २ दिने वित्तीय साक्षारता सम्बन्धी तालिम प्रदान गरेको होे ।

वित्तीय संस्थाले लघुबित्त कार्यक्रमका साथसाथै सदस्यहरुलाई उद्यमशिल बनाउनको लागि क्षमता अभिबृद्धिका तालिम, सीप बिकास तालिम र वित्तीय साक्षरता सम्बन्धी तालिम प्रदान गर्ने शिलशिलामा उक्त तालिमको आयोजना गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले बताए ।

सो कार्यक्रममा सहभागीहरुले गाउँ ठाउँमै केही गर्छु भन्ने आँट भएका तर लगानी गर्न पैसा नभएका समुदायहरुलाई बिना धितो कर्जा उपलब्ध गराउने र मासिक रुपमा वचत र किस्ता संकलन गर्न घरदैलोमै कर्मचारीहरु आउने भएकोले काम गर्न धेरै सजिलो भएको प्रतिक्रिया दिए ।

२ दिनसम्म संचालन भएको उक्त तालिममा बचतको अर्थ, बचतको महत्व, वचत गर्ने उपायहरु, कर्जाको महत्व, कर्जा लिएर कसरी ब्यवसाय गर्ने र बढी भन्दा बढी फाइदा लिने उपायहरु समेटिएको थियो ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले के कस्ता सेवा सुविधाहरु प्रदान गर्दछन् भन्ने कुराको जानकारीका साथै बीमा र बिप्रषणको बारेमा समेत सहभागीहरुलाई जानकारी गराई सहभागीहरुको जिज्ञासालाई समाधान गरिएको थियो ।

तालिममा समुदायका महिला सदस्यहरु, उनीहरुका अभिभावक, शिक्षक, समाजसेवी, युवाबर्ग, बिभिन्न समुहमा आबद्घ व्यक्ति र स्थानीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


क्लिकमान्डु