एभरेष्ट बैंकले महिला दिवस मनायो



काठमाडौं । १ सय ८औं महिला दिवसको अबसरमा एभरेष्ट बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत निःशुल्क स्वास्थ्य परिक्षण र अन्तक्रिया कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रम बैंकको पुलचोक शाखामा आयोजना गरिएको थियो ।
८ मार्चलाई विश्व महिला दिवसको रुपमा मनाउने गरिदै आइएको छ ।

बैंकले उक्त कार्यक्रम नर्भिक अस्पतालसँगको सहकार्यमा संचालन गरेको थियो । सो स्वास्थ्य क्याम्पमा २ सय जना मानिसले बिभिन्न बिषेशज्ञ डाक्टरहरुबाट सेवा लिएका थिए । क्याम्पमा गाइनोलोजिस्ट, कार्डिक, अर्थोपेडिकलगायतका रोग बिषेशज्ञले बिरामीको चेक जाँच गरेका थिए ।

अन्र्तक्रिया कार्यक्रमको संयोजन बरिष्ठ सर्जन विषेशज्ञ डाक्टर ज्योति रायमाझी (राणा)ले गरेका थिए । उनले कार्यक्रमा महिलामा हुने स्तन क्यान्सर र त्यसबाट कसरी बच्ने वा समयमा नै थाहा पाउने भन्ने बिषयमा आफ्नो मन्तब्य राखेका थिए ।
बैंकले आफ्नो उत्कृष्ट सेवा देशभर फैलिएर रहेका ६९ शाखा, ७ एक्स्टेन्सन काउन्टर, २८ राजस्व संकलन केन्द्र, ९६ एटीएम मेशिनबाट सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु