अर्थमन्त्री खतिवडालाई राष्ट्रियसभा सदस्य पदको सपथ खाने बाटो खुल्ला



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडा सहित ३ जनालाई राष्ट्रियसभा सदस्य पदको सपथ खाने बाटो खुलेको छ ।

सर्बोच्च अदालतले अन्तरिम आदेश दिदै खतिवडा सहित डा बिमला पौडेल राई तथा रामनारायण बिडारीलाई तत्काल सपथ नखुवाउन अन्तरिम आदेश दिएको थियो ।

सर्बोच्च अदालतका न्यायधीशद्वय केदारप्रसाद चालिसे र सारदा प्रसाद घिमिरेको सयुक्त इजलाशले यसअघि न्यायधीश प्रकाशमानसिंह राउतले सपथ नखुवाउन दिएको अन्तरिम आदेश खारेज गरेको छ ।

अन्तरिम आदेश खारेज भएपछि अर्थमन्त्री खतिवडा सहित डा बिमला पौडेल र रामनारायण बिडारीलाई सपथ लिने बाटो खुल्ला भएको हो ।

प्रधानमन्त्री केपी ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभामा गरेको सिफारिस फिर्ता लिदै नयाँ सिफारिस गरेको थियो ।

यसको विरुद्ध सर्बोच्च अदालतमा रिट परेपनि सर्बोच्चले अन्तरिम आदेश खारेज गरेपछि ओलीले गरेको निर्णयलाई अदालतले सदर गरेको छ ।

३ सिफारिस गरेका मध्ये ओलीले खतिवडालाई अर्थमन्त्रालयको जिम्मा दिएका थिए । संविधान अनुसार संघिय संसद्को सदस्य नभएको व्यक्ति मन्त्री बनेमा ६ महिनाभित्र सदस्य बन्नुपर्ने व्यवस्था छ ।

अदालतले राष्ट्रियसभाको सदस्य बन्न रोक नलगाएपछि खतिवडालाई अब मन्त्री पदमा निरन्तरता दिन कुनै समस्या हुने छैन ।


क्लिकमान्डु