सेयर बजार अनुत्पादक हो भनेर मैले भनेकै छैनः अर्थमन्त्री डा. खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफूले सेयर बजार अनुत्पादक हो भने कहीँ कतै नभनेको बताएका छन् । मंगलबार अर्थ मन्त्रालयमा आयोजित बजेटको मध्यावधि समीक्षा कार्यक्रममा पत्रकारहरुको अर्थमन्त्री खतिवडालाई सेयर बजारको विषयमा प्रश्न गरेका थिए ।

प्रश्नको जवाm दिँदै खतिवडाले आफूले सेयर बजार अनुत्पादन क्षेत्र हो भनेर नभनेको प्रष्टिकरण दिए । त्यो भन्दा बढी उनले सेयर बजारको विषयमा बोलेनन् ।

फागुन १६ गते खतिवडाले बीबीसी नेपाली सेवासँग अ न्तवार्ता दिँदै सेयर बजार र घरजग्गा अनुत्पादक भएको बताएका थिए । नयाँ अर्थमन्त्रीले बीबीसीमा दिएको यस्तो अन्तवार्ताको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएको थियो ।

खतिवडाको यस्तो अभिव्यक्ति आएको भोलिपल्ट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१ अंकले घटेको थियो । अर्को दिन पनि नेप्से परिसूचक उसैगरि घटेको थियो ।

यसरी ठूलो अंकले नेप्से घटेपछि खतिवडाले आफूले सेयर बजार अनुत्पादक हो भनेर अभिव्यक्ति नदिएको दाबी गर्न थालेका छन् ।

आइतबार पनि गोरखापत्र दैनिकसँग कुरा गर्दै खतिवडाले यसरी आक्रोश व्यक्त गरेका थिए- ‘मैले बोल्दै बोलेको छैन, कसरी मसँग जाडिएर यस्तो समाचार आयो ? पत्रकारलाई समाचार लेख्दा प्रमाण र तथ्य नचाहिने रहेछ कि के हो ?’

बीबीसीसँग दिएको अन्तवार्तामा डा. खतिवडाले प्रष्टसँग सेयर बजार र घरजग्गा अनुत्पादक भएको बताएका थिए ।

बीबीसीमा खतिवडाले दिएको अन्तवार्ता सुन्न यहाँ क्लिक गर्नुहोस् ।


क्लिकमान्डु