निगमको वाइडबडी जहाजले जापानको ‘हनेडा एयरपोर्ट’मा हप्ताको १४ उडान भर्ने



काठमाडौं । जापान सरकारले नेपाल वायुसेवा निगमलाई हनेडा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न दिने संकेत गरेको छ । नेपाल र जापानबीच हुन लागेको हवाई सेवा सम्झौता (एएसए) को छलफलमा जापनीज नागरिक उड्डयन मन्त्रालयले त्यस्तो प्रस्ताव गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जापान सरकारबीच जारी छलफलमा जापानले हनेडा विमानस्थलमा उडान भर्न दिने गरी छलफल गरेको हो ।

नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको एयरबस ३३०-२०० सिरिजका वाइडबडी जहाजको उडान भर्नको लागि नेपालले जापनसंग हवाइ सम्झौता पुनरावोलकनको लागि छलफल जारी राखेको छ ।

निगमले दक्षिण कोरिया र जापानबाट वाइडबडी जहाजको उडान भर्ने बताउँदै आएको छ । निगमले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्नको लागि अनुमति मागेको भएपनि जापाले स्टल खाली नरहेको भन्दै हनेडामा उडान भर्न अनुमतिले बताएको छ ।

नारिता र हनेडाबीचको दूरी ६५ किलोमिटर टाढा रहेको छ । नेपालीहरुलाई मुख्य कन्द्रित गरेको निगमले नारितामा उडानको लागि अनुमति माग्दै आएको छ । पर्यटन मन्त्रालयका अनुसार तत्कालको लागि हनेडा विमानस्थलमा उडान भर्न दिने सकिने भएकोले सोही अनुसार योजना बनाउन नेपालाई सुझाव दिएको छ ।

निगमका दुई ठूला जहाज आगामी जेठ महिनामा नेपाल आउँदै छ । जापानको हनेडा विमानस्थल विश्वको पाँचौ व्यस्त विमानस्थल हो । नेपालले हप्तामा १४ वटा उडान भर्नेगरी सम्झौता गर्न लागेको छ ।

जापान सरकारले फिप्थ फ्रिडम तेस्रो मुलुसंगको कोड सेयरीङ लगायत माग गरेको छ । नेपाल हालसम्म फिप्थ फ्रिडममा जान सकेको छैन् । फिप्थ फ्रिडम भन्नाने कुनै पनि देशको एयरलाइन्स नेपाल आउने र अन्यत्र पनि काठमाडौबाटै उडान भर्ने व्यवस्था हो । विश्वका हाल नाइन्थ फ्रिडम संचालनमा आइसकेको छ ।

नाइन्थ अन्र्तगत कुनै पनि एयरलाइन्स नेपाल आउने र नेपालकै अन्य विमानस्थलमा पनि उडान भर्न पाउने व्यवस्था हो । नेपालको पूर्वाधार अभावका कारण फिप्थ फ्रिडममा जान सकेको छैन ।

नेपाल र जापनबीचको विगतको सम्झौतामा भने ओशाका विमानस्थलमा उडान भर्नेगरी सम्झौता रहेको छ । विगतमा निगमले ओशाका समेत उडान गरेको थियो ।

नेपाल र जापनबीच सन् १९९३ मा हवाई सम्झौता भएको थियो । जसमा हप्तामा ४ सयसीटमात्रै उपयोग गर्नेगरी सम्झौता भएको थियो । जुन भनेको एक सातमा दुई वटा मात्रै उडान हो ।

निगमले सन् २००८ देखि जापान उडान रोकेको थियो । गत वर्ष जापानबाट नेपालमा ४८ हजार पर्यटक नेपाल भ्रमणमा आएको थिए । भने सन् २०१६ मा २७ हजार मात्रै जापनीज पर्यटक नेपाल भ्रमणमा आएका थिए ।


पुष्प दुलाल