को बन्ला काँग्रेस संसदीय दलको नेता ?



काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको नेताका छान्नका लागि आज भएको मतदान सम्पन्न भएको छ ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् ।

आज १ बजेसम्मका लागि निर्वाचन अवधि तोकिए पनि त्यसअगावै निर्वाचन सम्पन्न भएको हो । निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी दिएका छन् ।

सो निर्वाचनमा देउवाको प्रस्तावकमा पार्टी नेता विजयकुमार गच्छदार हुन् भने समर्थकमा मानबहादुर विश्वकर्मा रहेका छन् ।

त्यस्तै सिंहको प्रस्तावकमा सीतादेवी यादव हुन् भने समर्थकमा सञ्जय गौतम छन् ।

मतदान समाप्त भएलगत्तै मतगणना शुरु हुने निर्वाचन समिति संयोजक चिनकाजी श्रेष्ठले जानकारी दिए।

नेपाली काँग्रेस संसदीय दलको नेता छान्न मतदान आज बिहान १० बजेदेखि शुरु भएको थियो ।


क्लिकमान्डु