प्रधानमन्त्रीले अर्थमन्त्रीसँग सोधे- सेयर बजारमा के भएको हो ?



काठमाडौं । फागुन २० गते आइतबार सेयर बजारमा पहिरो नै गयो । नेप्से परिसूचक ४१ अंकले घट्यो । जसले सेयर लगानीकर्ताको सम्पत्ती ४७ अर्बले गुम्यो ।

बाम गठबन्धनको सरकार बन्नेपछि सेयर बजारमा केही केही मात्रामा त्रास थियो । सेयर लगानीकर्ताहरु नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने निश्चित भएपछि उनको निवास गए ।

सेयर बजारमा देखिएको समस्या भ्याटको विषयमा समस्या समाधान गर्न आग्रह गरे ।
ओलीले स्थाई सरकार आएपछि लगानीकर्तामा आत्मविश्वास बढ्नुपर्ने भन्दै झापमा गएर नुबझेका व्यक्तिले सेयर बजार घटाउन लागेको अभिव्यक्ति दिए ।

एमालेले देउवा सरकारले गरेको निर्णयको विरोधमा आयोजना गरेको पत्रकार सम्मेलनमा पनि सेयर बजार घटाइएको विषयमा असन्तुष्टी जनाए ।

ओली प्रधानमन्त्री हुने दिन नेप्से परिसूचक ३५ अंकले उकालो लाग्यो ।

त्यसपछि भने कहिले घट्ने र कहिले बढ्ने क्रम चलिरह्यो ।

ओली सरकारले देउवा सरकारले राष्ट्रियसभामा सिफारिस गरेका ३ वटा नाम फिर्ता लिदै डा युवराज खतिवडा सहित डा बिमला पौडेल राई र रामनारायण बिडारीलाई राष्ट्रियसभामा नियुक्ती गर्ने प्रस्ताव गर्यो ।

सो अनुसारको नियुक्तीपनि भयो । त्यसपछि सेयर बजारका लगानीकर्ताले खतिवडा अर्थमन्त्री हुँने र उनले कडा नीति लिने अनुमान गरे ।  सो अनुसार परिसूचक घट्यो पनि ।

सर्बोच्चले राष्ट्रियसभामा सपथ नखुवाउन अन्तरिम आदेश दिएपनि खतिवडा अर्थमन्त्री भए ।

गत बुधवार बेलुका बिबिसी नेपाली सेवामा अन्तरवार्ता दिए ।

उनले अन्रतवार्तामा तरलता समस्या समाधानको लागि विदेशबाट पुँजी ल्याउनुपर्ने र त्यो रकम घरजग्गा र सेयर बजार तथ हायरपर्चेज जस्ता क्षेत्रमा नभएर उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।

घरजग्गा,सेयर बजार तथा हायरपर्चेजमा जाने कर्जालाई उत्पादनमुलक क्षेत्रमा जाने कर्जामा लिइदैन । खतिवडा गभर्नर हुँदादेखि लिएको नीति अहिलेपनि कायम छ ।
बिहीबार फागु पूर्णिमाको कारण सार्वजनिक बिदा थियो ।

शुक्रबार सेयर बजारमा कारोबार हुँदैन । शनिवार सार्वजनिक बिदा । अर्थमन्त्रीको अभिव्यक्तिले सामाजिक सन्जालमा अत्याधिक आलोचना भएको थियो ।

यद्यपी बजार बुझेका लगानीकर्ताले भने अर्थमन्त्रीको अभिव्यक्तिले वास्तविक सेयर लगानीकर्ताको पक्षमा भएको बताउँदै आएका थिए । बोनस सेयर तथा हकप्रदको कारण आपूर्ति बढी भएको सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको ब्याजदर अत्याधिक बढी छ ।

जुन सेयर बजारको लागि सहयोगी होइन । यस्तोमा अर्थमन्त्रीले कर्जा प्राथमिकता उत्पादनमुलक क्षेत्रमा राख्ने भनेर बोल्दा बजारका लगानीकर्ताले अर्को अर्थ लगाए । जसले सेयर बजार ४१ अंकले घट्यो ।

प्रधानमन्त्री हुनुभन्दा अगाडि सेयर बजार घटेकोमा असन्तुष्ट देखिएका प्रधानमन्त्री ओलीलाई आइतबार सेयर बजार घटेको विषयले नछुने कुरै भएन ।

उनले अर्थमन्त्री डा खतिवडालाई सेयर बजारको बारेमा के भएको हो र बजार घटाउने विषयमा अभिव्यक्ति नदिन भने ।

बालुवाटार स्रोतले दिएको जानकारी अनुसार अर्थमन्त्री खतिवडाले सेयर बजार घट्ने र बढ्ने एउटा प्रक्रिया भएको र आफुले घटाउने गरी कुनै प्रतिक्रिया नदिएको बताए ।

सोमबार प्रकाशित सरकारी पत्रिका गोरखापत्रमा अर्थमन्त्री खतिवडाले सेयर बजारको बारेमा आफुले कुनै टिप्पणी नगरेको र पत्रकारले बोल्दै नबोलेको कुरा प्रकाशित गरेको बताए ।


क्लिकमान्डु