अर्थमन्त्रीले खतिवडाले सेयर बजारको टिप्पणी सच्चाएपछि नेप्से परिसूचक उकालो



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाको अभिव्यक्तिले आइतबार ४१ अंकले घटेको सेयर बजार सोमबार भने बढेर खुलेको छ ।

कारोबार भएको पहिलो १० मिनेटमा अहिलेसम्म नेप्से परिसूचक ५ अंकले उकालो लागिसकेको छ ।

अर्थमन्त्री डा खतिवडाले बिबिसी नेपाली सेवामा कर्जा विस्तार उत्पादनमुलक क्षेत्रमा गर्नुपर्ने बताएका थिए ।

हिजो सरकारी पत्रिका गोरखापत्रमा दिएको टिप्पणीमा अर्थमन्त्री खतिवडाले सेयर बजारको बारेमा आफुले केहीपनि नभनेको बताएका थिए ।


क्लिकमान्डु