सेञ्चुरी कमर्सियल बैंक र नर्भिक इन्टरनेशनल हस्पिटलबीच सम्झौता



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र नर्भिक इन्टरनेशनल हस्पिटलबीच बैंकका ग्राहकहरु, शेयरधनी तथा कर्मचारीहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता भएको छ ।

सम्झौता अनुसार सेञ्चुरी प्रिमियम बचत र सेञ्चुरी प्लाटिनम बचत क्रेडिट कार्ड, शेयरधनीहरु तथा कर्मचारीहरुले १० प्रतिशत उपचारमा छुट पाउने छन् ।

प्याथोलोजी, रेडियोलेजी, मेम्मोग्राम, सर्जरी र कार्रदियाकनंन इन्भेसिभ जांचमा छूट पाउने बैंकले जनाएको छ । यस्तै बेड चार्जमा ५ प्रतिशत छूट पनि पाइने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा बैंककाका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र नर्भिक इन्टरनेशनलका प्रमुख बजार अधिकृत प्रविण दावरले हस्ताक्षर गरे ।


क्लिकमान्डु