सेयर बजारमा पहिरो जाँदा २ कम्पनीको सेयर मुल्य बढ्यो



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ४१.५६ अंकले ओरालो लाग्यो ।

अर्थमन्त्री डा युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक भनेको आधारमा सेयर बजार घटेको बताइएको छ ।

सेयर बजारमा आइतबार १५१ कम्पनीको सेयर कारोबार भयो । कारोबार भएका १५१ वटा कम्पनीमा २ वटा कम्पनीको मात्र सेयर मुल्य बढ्यो । अरु सबै कम्पनीको सेयर मुल्य घटेर कारोबार भयो ।

सेयर बजारमा पहिरो जाँदा सेयर मुल्य बढ्ने २ वटा कम्पनीमा सुर्याेदय लघुवित्त तथा अर्को कम्पनीमा स्वदेशी लघुवित्त रहेका छन् ।

आइतबार सबै कम्पनीको सेयर मुल्य घट्दा सुर्योदयको प्रतिकित्ता ४१ रुपैयाँ तथा स्वदेशीको प्रतिकित्ता ७ रुपैयाँले सेयर मुल्य बढेको छ ।

सुर्योदयको १ हजार ८४ तथा स्वदेशीको सेयर मुल्य प्रतिकित्ता ३८३ रुपैयाँ रहेको छ ।
हालैमात्र सेयर बजारमा सूचिकृत भएको हुँद दुईवटा कम्पनीको सेयर मुल्य बढेको हो ।


क्लिकमान्डु