माछापुच्छ्रे बैंकको कामु सिइओमा अर्जुन थापा



काठमाडौं । माछापुच्छ्रे बैंकले प्रमुख कार्यकारी अधिकृत निरजकुमार श्रेष्ठले दिएको राजिनामा स्वीकृत गरेर अर्जुनकुमार थापालाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

बैंकको संचालक समितिले श्रेष्ठको राजिनामा स्वीकृत गर्दै बैंकमा सहायक महाप्रवन्धकको रुपमा कार्यरत थापालाई कामु सिइओ दिने निर्णय गरेको थियो ।

थापा बैंकको अपरेशन हेर्ने सहायक महाप्रवन्धक थिए ।


क्लिकमान्डु