सेयर बजार लगानीकर्ता संघले भन्यो : पुँजी बजार कसरी अनुत्पादक ?



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले सेयर बजार अनुत्पादक भनेर दिएको अभिव्यक्तिको सेयर लगानीकर्ता संघले विरोध गरेको छ ।

अर्थमन्त्रीको अभिव्यक्तिसँगै सेयर बजार ५० अंकले घटेपछि संघले विज्ञप्ती जारी गर्दै अर्थमन्त्री खतिवडाले सेयर बजारको बारेमा बारम्बार दिएको नकारात्मक अभिव्यक्तिले पुँजी जुटाउने माध्यम सेयर बजारलाई डुबाउन खोजिएको बताएको छ ।

संविधानमा ३ खम्बे अर्थनीति लिएकोमा जसको प्रमुख सारथी निजी क्षेत्रको सहयोगबिना विकास सम्भव नहुँने भन्दै बैकिङ क्षेत्रमा देखिएको तरलता समस्या समाधान गर्न आग्रह गरेको छ ।

बजारमा सुधार गर्नको लागि अनलाइन कारोबार प्रणाली,सेयर कर्जा रकम बढाउनुपर्ने बैंक तथा वित्तीय संस्थालाई ब्रोक्ररको लाइसेन्स दिनुपर्ने लगायतका माग संघले राखेको छ ।

संघले लगानीकर्तालाई संयम राख्न माग गर्दै स्वविवेकिय अधिकार प्रयोग गर्न भनेको छ ।


क्लिकमान्डु