अर्थमन्त्री खतिवडाको के होला राष्ट्रियसभा सदस्य पद ?



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडा सहित डा बिमला पौडेल राई तथा रामनारायण बिडारीलाई राष्ट्रियसभा सदस्य पदमा गरिएको नियुक्ती खारेज गर्दैै परेको सर्बोच्चमा परेको मुद्दाको पेशी न्यायधीशद्वय प्रकाशमानसिंह राउत र हरिकृष्ण कार्कीको बेन्चमा परेको छ ।

शेरबहादुर देउवा नेतृत्व सरकारले राष्ट्रियसभामा गरेको सिफारिस फिर्ता केपी ओलीको सरकारले युवराज खतिवडा,बिमला पौडेल राई र रामनारायण बिडारीलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

देउवा सरकारले गरेको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्ती नदिएपनि ओली सरकारले गरेको निर्णयलाई तत्काल सदर गरेकी थिइन्् ।
गत आइतबार सर्बोच्चका न्यायधीश प्रकाशमानसिंह राउतको एकल इजलाशले खतिवडा सहित ३ जनालाई सपथ लिन रोक लगाउने अन्तरकालि अन्तरिम आदेश दिएको थियो ।

अदालतले सपथ लिन तत्कालको लागि रोक लगाएपनि प्रधानमन्त्री केपी ओलीले त्यसको अर्को दिन खतिवडालाई अर्थमन्त्रीमा नियुक्ती गरेका थिए ।
संविधान अनुसार मन्त्री बन्नको लागि ६ महिनभित्र संघिय संसद्को सदस्य बन्नुपर्छ ।


क्लिकमान्डु