होली खेल्न भारतीय राजदूत ओली निवासमा



काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई होलीको शुभकामना दिन भारतीय राजदूत मन्जिवसिंह पुरी प्रधानमन्त्री निवास पुगेका छन् ।

रंगहरुको पर्व होली नेपाल तथा भारतमा पनि मनाइने गरिन्छ । नेपालको पहाडी जिल्लामा आज तथा तराईमा भोलि होली मनाइने गरिन्छ । यस्तै भारतमा भने भोलि होली खोल्ने गरिन्छ ।

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूतले होलीको रातो रंगको टिका लगाएको फोटो भारतीय दूतावासले सार्वजनिक गरेको छ ।

भारतसँग संविधान निर्माणसँगै ओली सम्बन्ध चिसिएको थियो । भारतले लगाएको नाकाबन्दीको कडा विरोध र त्यसमा अडान ओलीले लिएका थिए ।

गत मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा बाम गठबन्धनले झण्डै दुई तिहाई बहुमत ल्याएपनि भारत सम्बन्ध सुधार गर्न विभिन्न खालका उपाय अवलम्बन गर्दै आएको छ ।

केही दिन अगाडि प्रधानमन्त्री ओलीको जन्मदिनको शुभकामना दिन भारतीय राजदूत प्रधानमन्त्री निवास पुगेका थिए ।


क्लिकमान्डु