चापागाउँमा खुल्यो सुविधासम्पन्न डायग्नोस्टिक सेन्टर



ललितपुर । गोदावारी नगरपालिकास्थित चापागाउँको पुरानो बसपार्कमा सुविधासम्पन्न डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ ।
निरञ्जन श्रेष्ठ, रञ्जन श्रेष्ठ, सुमन श्रेष्ठले मण्डला डायग्नोस्टिक सेन्टर सञ्चालनमा ल्याएका हुन् ।

हाल २० लाख लगानीमा स्थापना गरिएको मण्डला डायग्नोस्टिक सेन्टर एक वर्षभित्र थप सुविधासहित सेवा विस्तार गर्ने सञ्चालक निरञ्जन श्रेष्ठले जानकारी दिए ।

सञ्चालक श्रेष्ठले आगामी दिनमा अस्पतालहरुसँगको सहकार्यमा गोदावारी नगरपालिका विभिन्न स्थानमा महिनामा एक पटक स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी दिए ।

डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको अवसरमा निःशुल्क सुगर परीक्षण गर्ने उनको भनाइ छ । त्यस्तै, सेवाग्राहीलाई विश्वसनिय ल्याव रिपोर्ट प्रदान गर्ने श्रेष्ठले दाबी गरे ।


क्लिकमान्डु