अझै ७० प्रतिशतले प्रयोग गर्छन् परम्परागत ऊर्जा



काठमाडौं । सरकारले जतिसुकै जलविद्युत् क्षेत्रको विकासको कुरा गरेपनि नेपालको ऊर्जा खपतमा जलविद्युत् क्षेत्रको हिस्सा ३ प्रतिशतभन्दा माथि पुग्न सकेको छैन ।

नेपाल विद्युत् प्राधिकरणले देशको ६० प्रतिशत स्थानमा विद्युत् प्रसारण प्रणाली पुर्याएको बताएकापनि कुल उपयोगको हिसाब गर्दा मात्रै ३ प्रतिशत मात्रै विद्युत्को हिस्सा देखिनु दुःखद रहेको छ ।

अहिले पनि करिब ७० प्रतिशत जनताले परम्परागत ऊर्जाको स्रोत प्रयोग गरिरहेका छन् । खाना पकाउने तथा अन्य दैनिक जीवन सञ्चालनका लागि नागरिकले परम्परागत स्रोतमा नै निर्भर गर्नुपर्ने अवस्थाले नेपालको आर्थिक विकास र दायित्वको अवस्थालाई देखाउँछ ।

नेपालले करिब ५०० मिलियन गिगाजुल इनर्जी प्रयोग गर्ने गरेका छन् । त्यसमा ऊर्जाका लागि काठ तथा दाउराको प्रयोग गर्नेको संख्या ७० प्रतिशत बढी रहेका छन् । ऊर्जाका लागि १३ प्रतिशतको हाराहारीमा पेट्रोलियम पदार्थको उपयोग भइरहेको छ ।

यस्तै खेतीपातीबाट प्राप्त घास दाउरा तथा अन्य कृषि उपजको प्रयोग गरेर उत्पादन हुने ऊर्जाको मात्रा ३ प्रतिशत रहेको छ । गाई वस्ूतुको गोबरलाई ऊर्जाको रुपमा प्रयोग गर्नेको संख्या पनि ३ प्रतिशत ने रहेको छ । विद्युत् प्रयोग गर्नेको संख्या ३ पतिशत रहँदा वैकल्पिक ऊर्जालाई आफ्नो ऊर्जाको स्रोत बनाउनको संख्या २ प्रतिशत रहेका छन् ।

यस्तै अर्को तथ्यांकअनुसार ऊर्जाको कूल ८० प्रतिशत बढी प्रयोग घरायसी कामका लागि प्रयोग हुने गरेको छ । व्यावसायिक रुपमा मात्रै ३ प्रतिशत ऊर्जा प्रयोग भएको छ । घरायसी प्रयोग मात्रै बढी हुनुले देशको ऊर्जा प्रयोगको अवस्था दूरहपूर्ण रहेको देखाउँछ ।

औद्योगिक उत्पादन बढाउन औद्योगिक क्षेत्रमा ऊर्जाको प्रयोग बढी हुनु पर्दछ । यातायातमा ७ प्रतिशत, कृषिमा १ प्रतिशत र नितान्त उद्योग क्षेत्रमा ८ प्रतिशत ऊर्जा प्रयोग हुने गरेको छ । यस्तै अन्य क्षेत्रमा प्रयोग हुने ऊर्जाको मात्रा पनि १ प्रतिशतको हाराहारीमा हुने गरेको छ ।

औद्योगिक उत्पादन बढाउने हो भने व्यावसायिक तथा व्यापारिक क्षेत्रमा ऊर्जा प्रयोगको मात्रा बढाउनुपर्ने देखिन्छ । घरायसी प्रयोगले औद्योगिक क्षमता बढ्न सक्दैन ।

नेपालमा प्रतिव्यक्ति ऊर्जा खपतको मात्रा प्रतिव्यक्ति १६० किलोवाट रहेको छ ।

चीनमा प्रतिव्यक्तिः ऊर्जा पखत दर ३ हजार ४९३ युनिट रहेको छ । यस्तै भारतको ९१७ युनिट, भुटानको १ हजार ६१९, माल्दिभ्सको ७५२, श्रीलंकाको ४९०, पाकिस्तानको ४४९, बंगलादेशको २५९, अफगानिस्तानका १०१ प्रतियुनिट ऊर्जा खपत गर्ने गरेका छन् । जबकी दषिण कोरियाको प्रतिव्यक्ति ऊर्जा खपत १२ हजार ९०० किलोवाट आवर रहेको छ । नर्वेको २३ हजार १७४ किलोवाट आवर रहेको छ ।


पुष्प दुलाल