क्यासिनोमा जागिर खानेको लागि टाइगर प्यालेसमा अवसर



काठमाडौं । सिल्भर हेरिटेज ग्रुपले क्यासिनो संचालनको लागि रोजगारीको लागि आवेदन मागेको छ ।

रुपन्देहीमा केही समय अगाडी मात्रै संचालनमा आएको पाँच तारे होटल टाइगर प्यालेसले क्यासिनो संचालनको लागि दर्जनौको संख्यामा रोजगारीको लागि आवेदन मागेको हो ।

क्यासिनो महाप्रवन्धक, क्यासिनो टेवल गेम्स प्रवन्धक, इलेक्ट्रोनिक्स गेम्स प्रवन्धक, क्यासिनो कोष प्रवन्धक, इभेन्ट सर्भिस प्रवन्धक तथा होटल महाप्रवन्धकको लागि आवेदन माग गरिएको हो । जसमा ८ देखि १० वर्षको अनुभव हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ । जसमा अंग्रेजी भाषामा दख्खल हुनुपर्ने सूचनामा राखिएको छ ।


क्लिकमान्डु